सुनको मूल्य एकै दिन बढ्यो आठ हजार
baahrakhari.com · Thu Aug 06 05:55:51 GMT 2026

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला आठ हजार रुपैयाँ वृद्धि भई दुई लाख ९६ हजार कायम भएको छ । अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला रु दुई लाख ८८ हजार थियो ।
चाँदीको मूल्य प्रतितोला ९५ रुपैयाँले बढेर चार हजार ५७० पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला चार हजार ४७५ मा कारोबार भएको थियो । रासस
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)