ज्योति विकास बैंकको नाफामा ९०५ प्रतिशतको वृद्धि, एनपीएल पनि घट्यो
aarthiknews.com

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म १ अर्ब ५९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९०५.७५ प्रतिशत धेरै हो । अघिल्लो वर्ष बैंकले १० करोड रुपैयाँ नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी २ अर्ब ९ करोडबाट बढेर २ अर्ब ३४ करोड पुगेको छ । सञ्चालन नाफा ३८ करोड ९८ लाखबाट बढेर १ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ । यता, यस बैंकले ३० करोड १२ लाख रुपैयाँ बराबरको इम्पेयरमेन्ट चार्ज रिभर्स गरेको छ । आम्दानी बढ्दा र इम्पेयरमेन्ट चार्ज रिभर्स हुँदा नाफामा सुधार आएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)