धरानबाट लागु औषधसहित ५ जना पक्राउ
barnanmedia.com · Thu Aug 06 06:04:16 GMT 2026

धरान उपमहानगरपालिका–१६ स्थित पौडेल चोकबाट प्रहरीले ठूलो परिमाणको प्रतिबन्धित लागू औषधसहित पाँच जनालाई पक्राउ गरेको छ।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले हिजो बुधबार राति करिब ८:३० बजे पौडेल चोकमा शंकास्पद अवस्थामा भेटिएका ब्यक्तिहरुलाई नियन्त्रणमा लिइ चेकजाँच गर्दा उनीहरूको साथबाट लागू औषध ट्रामोल ३१३ पिस, स्यापस्पेनफ्री १९५ पिस, स्पासपेनप्रो १०० पिस र स्पासरेस्ट १८ पिस रहेका फेला परेको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)