लुम्बिनी विकास बैंकले कमायो ८५ करोड १० लाख रुपैयाँ खुद नाफा
ajakoartha.com · Thu Aug 06 06:09:00 GMT 2026

काठमाडौं- लुम्बिनी विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म ८५ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार यो अघिल्लो आर्थिक वर्षको तुलनामा २५२.९६ प्रतिशत बढी हो।
अघिल्लो आर्थिक वर्षमा बैंकले २४ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७.५३ प्रतिशतले बढेर १ अर्ब ९९ करोड ७२ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, सञ्चालन नाफा १०८.५० प्रतिशतले वृद्धि भई १ अर्ब २१ करोड ७८ लाख रुपैयाँ पुगेको बैंकले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)