काठमाडौँ विश्वविद्यालय उपकुलपति छनौट प्रक्रियामा पारदर्शिताकाे प्रश्न
ratopati.com · Thu Aug 06 06:20:02 GMT 2026

काठमाडौँ । काठमाडौँ विश्वविद्यालयका उपकुलपतिको सर्टलिष्ट (अल्पसूची) मा परेका उम्मेदवारले अन्तर्वार्ता र प्रस्तुतीकरणमा सहभागी नहुने घोषणा गरेका छन् । उपकुलपतिका उम्मेदवार प्रा.डा.नीरञ्जन पराजुलीले नियुक्ति प्रक्रियामा निष्पक्षताको प्रश्न उठाउँदै अन्तर्वार्तामा सहभागी नहुने घोषणा गरेका हुन् ।
पराजुलीले भने- ‘उनीहरूले मलाई अनलाइन अन्तर्वार्ता दिन भनेका थिए, तर मैले अस्वीकार गरिदिएँ किनभने मैले विश्वविद्यालय अनुदान आयोगमा पनि आवेदन दिएको थिए । विश्वविद्यालय अनुदान आयोगमा ६० जना आवेदकहरू थिए, तर उनीहरूले अवधारणा पत्र र अन्तर्वार्ताको मूल्याङ्कन नै नगरी अध्यक्ष चयन गरे । अन्तर्वार्ता भनेको नाटक मात्रै हो । ’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)