कांग्रेसको आधिकारिकता विवाद : पुनरावलोकन निवेदनमाथि आज सुनुवाइ
kendrabindu.com · Thu Aug 06 06:18:33 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले यसअघि दिएको फैसलालाई पुनरावलोकन गर्न माग गर्दै दायर गरिएको निवेदनमाथि आज सुनुवाइ हुने भएको छ।
पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको पुनरावलोकन निवेदन सर्वोच्च अदालतको पूर्ण इजलासमा पेश भएको हो। आजको सुनुवाइमा उक्त निवेदन पुनरावलोकनका लागि स्वीकार गर्ने वा नगर्ने विषयमा अदालतले निर्णय गर्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)