विभिन्न स्थानबाट खैरो हेरोइनसहित पक्राउ
nagariknews.nagariknetwork.com · Thu Aug 06 06:14:17 GMT 2026

काठमाडौँलगायत विभिन्न स्थानबाट विभिन्न व्यक्तिलाई बुधबार अवैध लागुऔषध खैरो हेरोइनसहित पक्राउ गरिएको छ।
लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरले भुजाको बोरामा उक्त लागुऔषध लुकाइछिपाइ ल्याउँदै गर्दा निजहरुलाई काठमाडौँ मित्रनगरस्थित गेष्ट हाउसबाट ४३ ग्राम, डिजिटल तराजु दुई थान, मोबाइल ११ थान र नगद रु ५० हजारसहित तीन जना क्रमशः हितबहादुर बस्नेत, रामकृष्ण शर्मा र धनन्जय पासवानलाई पक्राउ गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)