नेपाललाई हिन्दु राष्ट्र बनाउने ‘जयनेपाल पार्टी’का सभापति राणाको अठोट
baahrakhari.com · Thu Aug 06 06:22:47 GMT 2026

काठमाडौं । राप्रपा छोडेर ‘जयनेपाल पार्टी’ गठनमा लागेका नेता डा. धवलशमशेर राणाले हिन्दु राष्ट्र ल्याएरै छोड्ने घोषणा गरेका छन् । पार्टीको नाम चयन भएको भोलिपल्ट पत्रकार सम्मेलन गरेका राणाले सडकबाट होस् वा सदनबाट हिन्दु राष्ट्र ल्याएरै छोड्ने उदघोष गरे ।
“यो देशमा ८२ प्रतिशत हिन्दु छन् । ९४ प्रतिशत ओमकार परिवार छ । यसलाई बेवास्ता गरेर कसको स्वार्थका लागि धर्मनिरपेक्षता आएको हो थाहा भएन,” डा. राणाले भने, “आन्दोलनबाट हुन्छ कि सदनबाट हुन्छ हिन्दु राष्ट्र बनाउँछौँ ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)