३ दशक पुरानो दूरसञ्चार ऐन प्रतिस्थापन गरिँदै, सञ्चार मन्त्रालयले अघि बढायो विधेयकको प्रक्रिया
techpana.com · Thu Aug 06 06:31:32 GMT 2026

काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले तीन दशक पुरानो दूरसञ्चार ऐनलाई प्रतिस्थापन गर्ने प्रक्रिया सुरु गरेको छ । दूरसञ्चार विधेयक तर्जुमा गर्न तयार पारिएकाे अवधारणापत्र सार्वजनिक गर्दै बुधबार मन्त्रालयले समयसापेक्ष नयाँ कानुनी व्यवस्थाका लागि आधार तयार पारेको हो ।
कानुन निर्माण प्रक्रिया अनुसार नयाँ ऐन तर्जुमा गर्नुअघि मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृति लिनु अनिवार्य हुन्छ । सोही प्रक्रियालाई अघि बढाउन मन्त्रालयले प्रस्तावित कानुनको आवश्यकता, औचित्य र मूलभूत नीति समेटिएको यो अवधारणापत्र तयार पारेको हो । यसलाई कानुन र अर्थ मन्त्रालयको राय परामर्शपछि मन्त्रिपरिषद्मा पेस गरिने बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)