चार प्रादेशिक अस्पताल शिक्षण अस्पतालका रूपमा प्रयोग गर्न स्वीकृति
hamrakura.com · Thu Aug 06 00:00:00 GMT 2026
काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारले चार वटा प्रादेशिक अस्पताललाई ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय’ को शिक्षण अस्पतालका रूपमा प्रयोग गर्न स्वीकृति प्रदान गरेको छ।
प्रदेश मन्त्रिपरिषद्को बैठकले यसै वर्षदेखि विश्वविद्यालयमा शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्नका लागि कैलालीका सेती, लम्किचुहा र टीकापुर तथा कञ्चनपुरको महाकाली प्रादेशिक अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्न दिने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)