इरान–ओमान हर्मुजमाबारे सहमति नजिक
hamrakura.com · Thu Aug 06 00:00:00 GMT 2026
तेहरान । इरान र ओमान हर्मुज जलमार्ग पार गर्ने जहाजका लागि नयाँ समुद्री मार्ग र संयुक्त व्यवस्थापनको ढाँचामा सहमतिको अन्तिम चरणमा पुगेका छन् । यद्यपि तेहरानले रणनीतिक जलमार्ग पूर्ण रूपमा सहज बनाउन अमेरिकाले इरानी बन्दरगाहमाथिको नौसैनिक नाकाबन्दी हटाउनुपर्ने अडान दोहोर्याएको छ ।
इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले दुवै देशबीच प्रस्तावित समुद्री मार्गको भौगोलिक निर्देशाङ्कमा सहमति भइसकेको र तेस्रो पक्षबाट अवरोध नभए संयुक्त वक्तव्य पनि चाँडै अन्तिम रूप दिइने बताए । उनका अनुसार ओमानसँगको वार्ता सकारात्मक रूपमा अघि बढिरहेको भए पनि त्यसले तत्काल सबै जहाजका लागि जलघाँटी पूर्ण रूपमा सुरक्षित भइसकेको अर्थ नलाग्ने स्पष्ट पारे ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)