तिनाउमा बन्ने ‘सिग्नेचर ब्रिज’को ठेक्का प्रक्रिया अन्तिम चरणमा, दसैँअघि सम्झौता गर्ने लक्ष्य
ratopati.com · Thu Aug 06 06:45:00 GMT 2026

बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डमा पर्ने रुपन्देहीको तिनाउ नदीमाथि निर्माण हुन लागेको अत्याधुनिक ‘सिग्नेचर ब्रिज’को ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगेको छ । अन्तर्राष्ट्रिय बोलपत्रमा सहभागी भएका ६ वटा चिनियाँ कम्पनीको आर्थिक प्रस्ताव मूल्याङ्कनको काम अन्तिम चरणमा पुगेको सडक विभागले जनाएको छ ।
नेपाल सरकारको सडक विभाग अन्तर्गत वैदेशिक सहायता महाशाखाले गत मंसिर अन्तिम साता पुल निर्माणका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो । बोलपत्रमा सहभागी कम्पनीहरूको प्राविधिक र आर्थिक प्रस्ताव छुट्टाछुट्टै मूल्याङ्कन गरी दुवैको प्राप्ताङ्क जोड्दा सबैभन्दा बढी अङ्क प्राप्त गर्ने कम्पनीसँग ठेक्का सम्झौता गरिने व्यवस्था छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)