जय नेपाल पार्टीको चुनाव चिह्नका लागि ‘त्रिभुज, नमस्कार र घर’मा छलफल
onlinekhabar.com · Thu Aug 06 06:36:52 GMT 2026

२१ साउन, काठमाडौं । डा. धवलशमशेर राणा र दुर्गा प्रसाईंको नेतृत्वमा खुल्न लागेको जय नेपाल पार्टी को चुनाव चिन्हका लागि तीनवटा विकल्पमा छलफल भएको छ ।
२८ साउनमा निर्वाचन आयोगमा दर्ता गर्न लागिको नवगठित दलको चुनाव चिह्नका लागि त्रिभुज, घर र नमस्कार मध्ये एक राख्ने गरी छलफल भएको छ । गीता राणाको नेतृत्वमा रहेको नेपाल लोकतान्त्रिक पार्टीसँग एकता गरेर उक्त दलको चुनाव चिन्ह ‘नमस्कार’ लाई नै जय नेपाल पार्टीको चुनाव चिन्ह बनाउने गरी संवादहरु भएको जानकारी गराइएको छ । दुई दलको एकता गर्दा नेपाल लोकतान्त्रिक दलबाट केन्द्रीय सदस्यमा धेरै जना समेट्नु परेको हुँदा एकताले मूर्त रुपमा पाउन नसकिरहेको जानकारी गराइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)