हामीले राजनीति गर्ने होइन, अभिभावकीय भूमिका रहने राजसंस्था खोजेका छौं: धवलशमशेर राणा
kendrabindu.com · Thu Aug 06 07:20:06 GMT 2026

काठमाडौं। जय नेपाल पार्टी गठनको तयारी गरिरहेका नेता डा. धवलशमशेर राणाले यही महिनाको २८ गते निर्वाचन आयोगमा दलदर्ता गर्ने बताएका छन्।
बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता राणाले हिन्दू अधिराज्य बनाउने लक्ष्यका साथ जय नेपाल पार्टी गठन गर्न लागिएको भन्दै २८ साउनमा निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने बताएका हुन्। उनले आफ्नो अध्यक्षतामा दर्ता हुने पार्टीमा दुर्गा प्रसाईंलाई सर्वमान्य नेताको जिम्मेवारी दिइने जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)