मेमोरी चिप महँगिएपछि एप्पलले विश्वभर म्याकबुक र आइप्याडको मूल्य बढायो
techpana.com · Fri Jun 26 01:48:51 GMT 2026

काठमाडौं । एप्पलले विश्वभर म्याकबुक र आइप्याडको मूल्य बढाएको छ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) उद्योगले डेटा सेन्टर विस्तार तीव्र बनाएसँगै मेमोरी र स्टोरेज चिपको मूल्य आकासिएको छ । त्यसको प्रभावबाट ग्राहकहरूलाई जोगाउन नसकिएको भन्दै एप्पलले बिहीबार आइप्याड र म्याकबुकको मूल्य बढाएको छ ।
यस मूल्यवृद्धिले एप्पललाई सबैभन्दा धेरै आम्दानी दिने उत्पादन आईफोनलाई भने असर गर्ने छैन । तर विन्डोज र क्रोमबुक ल्यापटपको प्रतिस्पर्धीका रूपमा ल्याएको एप्पलको सस्तो ल्यापटप ‘नियो’ भने सार्वजनिक भएको केही महिनामै महँगो भएको छ । एप्पलले नियोको प्रारम्भिक मूल्य ५९९ अमेरिकी डलरबाट बढाएर ६९९ अमेरिकी डलर पुर्याएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)