ज्योति विकास बैंकले ‘एनसीएचएल–ईएफटी कार्ड सर्भिसेस्’ मार्फत नेपालपे कार्ड सुचारु गर्ने
ictsamachar.com

काठमाडौं । ज्योति विकास बैंक लिमिटेड र एनसीएचएल बीच इएफटी कार्ड स्वीचमार्फत नेपालपे कार्डको भुक्तानी सुचारु गर्न सम्झौता भएको छ । एक औपचारिक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल तथा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानद्धारा सम्झौतापत्रमा हस्ताक्षर गरी सम्झौतापत्र आदानप्रदान गरिएको हो ।
एनसीएचएलको इएफटी स्वीच नेशनल कार्ड स्वीच (एनपीएस–एनसीएस) सँग इन्टिग्रेट भइसकेको र उक्त सम्झौता पश्चात् बैंकले आफ्नो ग्राहकहरुका लागि नेपालपे कार्ड जारी गर्न सक्नेछ । साथै डिस्कभर नेटर्वक अन्तर्गतका अन्तर्राष्ट्रिय कार्डहरु र रुपे कार्ड समेत अक्वायर गरी नेपालपे कार्डका कारोबारहरु प्रोसेस गर्न सक्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)