नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त
arthasansar.com · Thu Aug 06 07:21:05 GMT 2026

सरकारले नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साहलाई नियुक्त गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले साहलाई निगमको प्रमुख कार्यकारीको जिम्मेवारी दिने निर्णय गरेको हो। साह यसअघि नेपाल आयल निगमको निमित्त कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खुला प्रतिस्पर्धामार्फत कार्यकारी निर्देशक छनोटका लागि गरेको प्रक्रियामा उनी उत्कृष्ट तीन उम्मेदवारभित्र परेका थिए। कार्यकारी निर्देशक पदका लागि साहसँगै प्यूठानका कौशल केसी र सप्तरीका संजीवकुमार देव पनि प्रतिस्पर्धामा थिए। मन्त्रिपरिषद्को निर्णयसँगै साह चार वर्षका लागि निगमको कार्यकारी निर्देशक नियुक्त भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)