फिल्म ‘पार्वती’ काे टिमले बुझायो अर्थमन्त्री वाग्लेलाई ११ लाख
ratopati.com · Mon Aug 31 09:16:57 GMT 2026

काठमाडौँ । फिल्म ‘पार्वती’ को टिमले प्रधानमन्त्री दैवीप्रकोप उद्वार कोषमा ११ लाख ३ हजार २७० रुपैयाँ रकम प्रदान गरेको छ । सोमबार अर्थमन्त्रालय पुगेर अर्थमन्त्री स्वर्णिम वाग्लेलाई निर्देशक निता ढुङ्गाना, निर्माता हरिहर अधिकारी, कार्यकारी निर्माता शङ्कर पाण्डे, वितरक करण श्रेष्ठ लगायतले उक्त रकम प्रदान गरेका हुन् ।
शुक्रबार देशभरबाट गरेको व्यवसायको रकम सहयोग गर्ने घोषणा अनुसार उक्त रकम प्रदान गरिएको हो । फिल्मकी निर्देशक निता ढुङ्गानाले आफूले यो अकल्पनीय घटनामा परेका पीडितलाई राहत स्वरुप उक्त रकम सरकारी कोषमा जम्मा गरेको बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)