हिमालयन बैंकको अध्यक्षमा डा. बैकुण्ठ अर्याल
baahrakhari.com · Mon Aug 31 09:20:33 GMT 2026

काठमाडौं । हिमालयन बैंकको अध्यक्षमा पूर्व मुख्यसचिव डा. बैकुण्ठ अर्याल चयन भएका छन् । बैंकको भदौ १४ गते गते आइतबार बसेको सञ्चालक समितिको ५०६औँ बैठकले डा. अर्याललाई सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित गरेको हो ।
उनी बैंकको संस्थापक समूह तर्फका शेयरधनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रतिनिधित्व गर्दै आएका थिए । यसअघि उनी बैंकका सञ्चालक थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)