श्रीलंका भ्रमणअघि अभ्यास पिचमा भारतको असन्तुष्टि, खोजेको कस्तो हो ?
ratopati.com · Thu Aug 06 08:52:05 GMT 2026
काठमाडौं । श्रीलंकाविरुद्धको टेस्ट शृङ्खलाअघि अभ्यास खेल खेल्न कोलम्बो पुगेको भारतीय क्रिकेट टोली अभ्यास पिचको अवस्थाप्रति असन्तुष्ट देखिएको छ । स्पिनरलाई सहयोग पुग्ने विकेटको अपेक्षा गरेको भारतले अभ्यासका लागि तयार पारिएको पिचमा अपेक्षाभन्दा बढी घाँस भेटिएपछि चासो व्यक्त गरेको हो ।
शुभमन गिलको कप्तानीमा रहेको भारतीय टोलीले कोलम्बामा रहेको ननडेस्क्रिप्ट्स क्रिकेट क्लब (एनसीसी) मैदानमा भोलिदेखि तीन दिने अभ्यास खेल खेल्दैछ । सुरुआतमा चार दिनका लागि तय गरिएको अभ्यास खेल पछि तीन दिनमा सीमित गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)