नाट्टा निर्वाचन: काभ्रेली युवा व्यवसायी दिनेश मैनाली सदस्यको बलियो उम्मेदवार
arthasansar.com · Thu Aug 06 08:50:34 GMT 2026

नाट्टा निर्वाचनको सरगर्मी बढिरहँदा भरत जंग पाण्डेको नेतृत्वमा रहेको प्यानलबाट कार्यसमिति सदस्यका उम्मेदवार दिनेश मैनाली पर्यटन व्यवसायीहरू माझ लोकप्रिय बन्दै गएका छन् । शुभम् ट्राभल्स एण्ड टुर्समार्फत विगत एक दशकदेखि पर्यटन व्यवसायमा पुर्याउनुभएको योगदान र उ उनको स्पष्ट भिजनका कारण मैनालीको उम्मेदवारीलाई यस पटकको निर्वाचनमा निकै महत्वका साथ हेरिएको छ।
काभ्रेको नमोबुद्ध-५ का स्थायी बासिन्दा मैनालीले नाट्टाभित्र नीतिगत सुधार र व्यावसायिक हकहितको संरक्षणका लागि आफू प्रतिवद्ध रहेको बताउनुभएको छ। 'पर्यटन क्षेत्रमा लामो समयदेखि देखिएका समस्या समाधान गर्न र युवा व्यवसायीहरूको आवाज नाट्टाको नेतृत्वसम्म पुर्याउन मेरो उम्मेदवारी हो,'मैनालीले भने।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)