गुमुखोला भ्याकुरे हाइड्रोले ५ लाख कित्ता आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट
corporatenepal.com · Thu Aug 06 08:57:11 GMT 2026

काठमाडौं । गुमुखोला भ्याकुरे हाइड्रोपावर लिमिटेडले सर्वसाधारण तथा आयोजना प्रभावित स्थानीयवासीका लागि ५ लाख कित्ता आईपीओ निष्काशन गर्नका लागि आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
उक्त नियुक्ति सम्बन्धी सम्झौता पत्रमा गुमुखोला भ्याकुरे हाइड्रोपावर लिमिटेडका तर्फबाट अध्यक्ष मित्र बहादुर श्रेष्ठ र आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेल बीच हस्ताक्षर भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)