एलपी ग्यासको कृत्रिम अभाव र कालोबजारी रोक्न मन्त्रालय सक्रिय, ९८५१११६७७३ मा फोन गर्न आग्रह
kalakarmi.com · Thu Aug 06 08:33:34 GMT 2026

काठमाडौं- बजारमा एलपी ग्यासको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको गुनासो बढ्न थालेपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उपभोक्तालाई सिधै उजुरी गर्न आग्रह गरेको छ।
मन्त्रालयले देशका विभिन्न स्थानमा ग्यासको कृत्रिम अभाव गराइएको सूचना प्राप्त भइरहेको जनाउँदै यस्ता गतिविधिबारे जानकारी भए उद्योगमन्त्रीको सचिवालयमा रहेको ९८५१११६७७३ नम्बरमा तत्काल सम्पर्क गर्न अनुरोध गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)