राष्ट्रिय सभामा उठे स्वास्थ्य बीमा, ग्यास, बाढीपहिरो र किसानका समस्या [भिडियो]
hamrakura.com · Thu Aug 06 00:00:00 GMT 2026
काठमाडौँ । राष्ट्रिय सभाको बिहीबारको बैठकको शून्य समयमा सांसदहरूले स्वास्थ्य बीमा, खाना पकाउने ग्यासको अभाव, बाढीपहिरो, किसानका समस्या, सीमा विवाद, राहदानी सेवा, दूधको भुक्तानी तथा सुनसरी-सिराहाका घटनालगायत विषय उठाउँदै सरकारको ध्यानाकर्षण गराएका छन्।
सांसद गीता देवकोटाले स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारसँग माग गरिन्। सांसद देवकोटाले तत्कालीन स्वास्थ्यमन्त्री गगनकुमार थापाको पहलमा शुरू भएको स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउनुको सट्टा खारेज गर्न खोजिएको हो कि भन्ने आशंका व्यक्त गरिन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)