लेखापरीक्षणमा पुस्तान्तरण र प्रविधि चुनौती बन्दै
baahrakhari.com · Thu Aug 06 09:02:26 GMT 2026

काठमाडौं । लेखापरीक्षण क्षेत्रमा तीव्र रूपमा भइरहेको पुस्तान्तरण र प्रविधिको बढ्दो प्रभाव चुनौतीका रूपमा रहेको सरोकारवालाहरूले औँल्याएका छन् । नेपाल अडिटर्स एसोसिएसन (अडान)को २१औँ स्थापना दिवसका अवसरमा सरोकारवालाहरूले यस्तो औँल्याएका हुन् । वित्तीय सुशासन र पेसागत सुदृढीकरणको एजेन्डासहित बुधबार देशभर सप्ताहव्यापी कार्यक्रम गरी ‘अडान डे’ मनाइएको हो ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य नरेन्द्रकुमार केरुङले आगामी दशकमा लेखापरीक्षण क्षेत्रमा हुने पुस्तान्तरणलाई सम्बोधन गर्न ग्रामीण तथा दुर्गम क्षेत्रमा सेवा दिन सक्ने दक्ष रजिष्टर्ड अडिटर उत्पादन गर्नुपर्नेमा जोड दिए । उनले यसका लागि राज्यले दीर्घकालीन रणनीति बनाउन आवश्यक रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)