नेप्सेमा दुई म्युचुअल फण्डका साढे २७ करोड इकाई सूचीकृत
arthasansar.com · Thu Aug 06 09:27:53 GMT 2026

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई मुच्युअल फण्डको साढे २७ करोड इकाइ सूचीकृत भएको छ । दुई बन्दमुखी म्युचुअल फण्डका कुल २७ करोड ५० लाख इकाई सूचीकृत भएको हो ।
बुधबार नेप्सेमा एलएस होराइजन १२ का १५ करोड इकाई तथा सानिमा इक्विटी फण्ड–२ का १२ करोड ५० लाख इकाई सूचीकृत भएका हुन् । बन्दमुखी प्रकृतिका यी दुवै योजनाका इकाई दोस्रो बजारमा कारोबार गर्न सकिने व्यवस्था अनुसार साउन २१ गतेदेखि नेप्सेमार्फत कारोबारमा आउनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)