दक्षिण कोरियामा हिटवेभ: सोलको तापक्रम ३९ डिग्री पुग्ने, २० भन्दा बढीको मृत्यु
onlinekhabar.com · Thu Aug 06 09:29:45 GMT 2026

२१ साउन, काठमाडौं । दक्षिण कोरियामा अत्यधिक गर्मीका कारण भीषण हिटवेभ चलेको छ। राजधानी सोलमा बिहीबार तापक्रम ३९ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ। यो अत्यधिक गर्मीका कारण अहिलेसम्म २० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ।
दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले बिहीबार हिटवेभ प्रतिक्रिया सम्बन्धी बैठकमा सम्बोधन गरे। उनले भने, “हामीले कहिल्यै अनुभव नगरेको स्तरको अत्यधिक गर्मी दिनप्रतिदिन जारी छ। पहिले विदेशी समाचारहरूमा मात्र देखिने हिटवेभको स्थिति अहिले हाम्रो यथार्थ बनेको छ।”
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)