ज्वरो आउँदैमा आत्तिइहाल्नुपर्दैन : कुन अवस्थामा मौसमी फ्लु मान्ने ?
ratopati.com · Thu Aug 06 09:41:18 GMT 2026

काठमाडौँ । पछिल्लो केही दिनयता अस्पतालहरूमा ज्वरोका लक्षण भएका बिरामीहरू आउने क्रम बढेको छ । वर्षासँगै ज्वरोका लक्षण देखिएका बिरामीहरू आउने गरेको अस्पतालहरूले बताएका छन् । वीर अस्पताल, सिभिल अस्पताल, टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल लगायतमा ज्वरोका लक्षण देखिएका बिरामीहरू पुग्ने गरेका हुन् ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका रेकर्डर निरीक्षक समीरकुमार अधिकारीले इमरजेन्सी कक्षमा दैनिक ४ देखि ६ जना ज्वरोका बिरामीहरू आउने गर्छन् । टेकु अस्पतालका फिजिसियन डा.शेषराज घिमिरेले बर्खायाम सुरु हुँदा वा मौसम परिवर्तनका बेला धुलो–धुवाँ र वातावरणीय प्रभावले भाइरल इन्फेक्सनका केही बिरामी देखिनु सामान्य रहेको बताए । डा.घिमिरेले भने, ‘ज्वरो लक्षण मात्रै हो, आफैँमा रोग होइन । ज्वरो धेरै किसिमका रोगहरूमा लक्षणको रूपमा आउन सक्छ । इन्फेक्सन कीटाणुहरूले गर्दा भाइरस, ब्याक्टेरिया अथवा ट्युबरक्लोसिस लगायत इम्युनोलोजिकल डिजिजहरूमा ज्वरो आउन सक्छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)