१३.८२ अंकले घटेको नेप्सेमा साढे चार अर्बको कारोबार
nepalnews.com · Thu Aug 06 09:41:53 GMT 2026

काठमाडौँ। साताको चौथो कारोबार दिन आज (बिहीबार) नेप्से दोहोरो अंकले घटेको छ। दिनभर उतारचढाव रहेको नेप्से अन्तत: १३.८२ अंकले घटेर बन्द भयो। अघिल्लो कारोबार दिनको तुलनामा आज कारोबार रकम भने बढेको छ।
नेप्से बुधबार ४.७९ अंकले बढेको थियो। मंगलबार २१.१५ अंकले घटेको थियो। सोमबार पनि १.२० अंकले घटेको थियो। अघिल्लो कारोबार दिनको तुलनामा आज ०.५१ प्रतिशतले घट्दै नेप्से २६५४.१५ विन्दुमा रोकिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)