अमेरिकासँग ठूलो मात्रामा हतियार रहेको ट्रम्पको खुलासा
barnanmedia.com · Thu Aug 06 09:44:30 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकासँग ठूलो मात्रामा विशेष प्रकारका हतियार रहेको बताउनुभएको छ । ट्रम्पको यो टिप्पणी इरानविरुद्ध सघन सैन्य अभियानपछि अमेरिकी हतियारको कमी भएको बारेमा सिएनएनको रिपोर्टको एक दिनपछि आएको हो ।
सामाजिक सञ्जाल ट्रुथको एक पोस्टमा, ट्रम्पले रक्षा कम्पनीले अमेरिकामा इतिहासकै सबैभन्दा धेरै सङ्ख्यामा प्लान्ट र कारखाना निर्माण गरिरहेको र ठूलो मात्रामा हतियार उत्पादन गरी आवश्यकता अनुसार अमेरिकामा पठाइरहेको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)