थाइल्यान्डको गाँजासहित काठमाडौंमा दुई भारतीय पक्राउ
onlinekhabar.com · Thu Aug 06 09:49:38 GMT 2026

२१ साउन, काठमाडौं । थाइल्यान्डबाट आएको साढे पाँच किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले बुधबार काठमाडौंको नयाँ बसपार्कबाट ती दुई जनालाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश लुधियानाका ४३ वर्षीय रिंकु मेहेन र उत्तर प्रदेश जोयाका ३२ वर्षीय मोहम्मद हसनैन रहेको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)