कांग्रेस आधिकारिकता विवाद : पुनरावलोकनको बाटो खुल्यो
nepalviews.com · Thu Aug 06 09:56:20 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा यसअघि भएको फैसलामाथि पुनरावलोकन गर्न सर्वोच्च अदालतले अनुमति दिएको छ । यससँगै पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको पुनरावलोकन निवेदन अब औपचारिक सुनुवाइको प्रक्रियामा प्रवेश गर्ने भएको छ ।
प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा तथा न्यायाधीश नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको पूर्ण इजलासले बिहीबार पुनरावलोकनको निवेदन सुनुवाइ योग्य रहेको ठहर गर्दै त्यसलाई अघि बढाउन आदेश दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)