कांग्रेस आधिकारिकता विवाद: सर्वोच्चले फैसला पुनरावलोकन गर्न दियो अनुमति
annapurnapost.com · Thu Aug 06 09:55:17 GMT 2026

काठमाडौं : सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता विवादमा यसअघि भएको आफ्नो फैसला पुनरावलोकन गर्न अनुमति दिएको छ। कांग्रेसको आन्तरिक विवादमा निर्वाचन आयोगको निर्णय सदर गर्ने सर्वोच्च अदालतको फैसला पुनरावलोकनको माग गर्दै पूर्व सभापति शेरबहादुर देउवा पक्षले दिएको निवेदनमा सर्वोच्चले पुनरावलोकनको अनुमति दिएको हो।
न्यायाधीश मनोजकुमार शर्मा,नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको संयुक्त इजलासले निवेदन अध्ययनपछि पुनरावलोकनको अनुमपति दिएको हो। नरावलोकनको अनुमति पाएसँगै अब मुद्दाको सुनुवाइ प्रक्रिया अगाडि बढ्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)