पानीको सतह बढेसँगै नारायणी किनारमा प्रहरीको माइकिङ, बेदको उद्धार [फोटोफिचर]
hamrakura.com · Thu Aug 06 00:00:00 GMT 2026
चितवन । मुहान क्षेत्रमा भइरहेको अत्याधिक वर्षाका कारण नारायणी नदीको जल सतहले सतर्कताको तह पार गरिसकेको छ । चितवन र आसपासका क्षेत्रमा पानी परेको छैन । तर नारायणी नदीको मुहान क्षेत्र (माथिल्लो तटीय क्षेत्र) मा लगातार भइरहेका वर्षाका कारण नदीको बहाव एक्कासी बढेको छ ।
जिल्ला प्रशासन कार्यालय चितवन र सुरक्षा निकायले सतर्कता अपनाउन आग्रह गरेका छन् । बाढी पूर्वानुमान महाशाखाले पनि नारायणीमा बाढीको सम्भावना रहेको अनुमान गरेको छ । साउन २३ गतेसम्म सतह बढ्ने अनुमान छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)