भारतीय गाडीमा थाई गाँजा ओसारपसार, दुई जना पक्राउ
ratopati.com · Thu Aug 06 10:39:12 GMT 2026

काठमाडौँ । थाइल्यान्डबाट तस्करी गरेर काठमाडौँ ल्याइने गाँजा भारत जाने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । कारोबारीहरूले गाँजा ओसार्न भारतीय नम्बर प्लेटको गाडी प्रयोग गर्ने गरेको भेटिएको छ ।
बुधवार लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरीले नयाँ बसपार्कबाट दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लियो । पक्राउ पर्नेमा उत्तर प्रदेश घर भएका ४३ वर्षीय रिन्कु मेहेन र ३२ वर्षीय मोहम्मद हसनैन थिए । थाइल्यान्डबाट आएका रिन्कु मेननको साथबाट ५ केजी गाँजा बरामद गरिएको लागुऔषध नियन्त्रण ब्युरोका एसपी दुर्गा राज रेग्मीले रातोपाटीलाई बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)