सर्वोच्चको 'झट्का'पछि विश्वप्रकाशले भने - विशेष महाधिवेशनको वैधानिकता अझ स्पष्ट हुनेछ
nepalviews.com · Thu Aug 06 10:46:05 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनरावलोकनका लागि अनुमति दिएपछि उपसभापति विश्वप्रकाश शर्माले संयमित प्रतिक्रिया दिएका छन् । उनले पुनः सुनुवाइबाट विशेष महाधिवेशनको वैधानिकता र राजनीतिक सत्य अझ स्पष्ट रूपमा स्थापित हुने विश्वास व्यक्त गरेका छन् ।
सर्वोच्चले पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको पुनरावलोकन निवेदन सुनुवाइयोग्य ठहर गरेपछि शर्माले आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)