एकैदिन २७ फरार प्रतिवादी पक्राउ
baahrakhari.com · Fri May 15 15:24:09 GMT 2026

गण्डकी । जिल्ला प्रहरी कार्यालय कास्कीले शुक्रवार विभिन्न स्थानबाट २७ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
विभिन्न मुद्दामा अदालतको फैसलाबाट दोषी ठहर भई सजाय भुक्तान नगरी फरार रहेका प्रतिवादीलाई कानुनी कारबाहीको दायरामा ल्याउन प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा २० जना पुरुष र सात महिला रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)