त्रिविमा बीएको आंशिक परीक्षा ढिला हुँदा नतिजा प्रभावित, विद्यार्थी मारमा
onlinekhabar.com · Thu Aug 06 10:49:25 GMT 2026

२१ साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ३ वर्षे (२०८१) बीएको परीक्षा फारम २०८२ भदौ र कात्तिकमा भरियो । भदौमा जेनजी आन्दोलनका कारण फारम भर्न विद्यार्थी छुटेका कारण कात्तिकमा दोस्रो पटक भराइयो ।
तर, फारम छिटो भरे पनि परीक्षा ढिला हुँदा थप अध्ययनमा असर परेको गुनासो विद्यार्थीहरूले गरेका छन् । २०८३ वैशाख ३ गते परीक्षा तालिका सार्वजनिक भयो । र, जेठ १८ गते देखि २७ गतेसम्म परीक्षा सञ्चालन भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)