नेतृत्वले किन आत्मविश्वास गुमाउँदै छ ?
nepalpress.com · Thu Aug 06 10:51:11 GMT 2026

कम्युनिस्ट आन्दोलन विचारको बलमा निर्माण हुन्छ । आदेशको बलमा होइन । बहस, आलोचना, आत्मालोचना र सामूहिक निर्णय कम्युनिस्ट सङ्गठनको जीवनशक्ति हुन् । त्यसैले पार्टीभित्र उठ्ने फरक मतको जवाफ वैचारिक बहसबाट नभई ‘पार्टी छोडेर जाऊ’ भन्ने भाषाबाट दिन थालियो भने त्यसले सङ्गठनको आत्मविश्वास होइन, विचार र पदको असुरक्षाको मनोविज्ञानलाई प्रकट गर्छ ।
राजनीतिक पार्टी विशेषत कम्युनिस्ट पार्टी कुनै व्यक्तिको निजी सम्पत्ति होइन। यो लाखौँ कार्यकर्ताको त्याग, बलिदान र जनविश्वासले बनेको सार्वजनिक राजनीतिक संस्था हो । त्यसैले पार्टीको नीति, कार्यशैली, सङ्गठनात्मक संस्कार वा नेतृत्व पद्धतिमाथि प्रश्न उठाउनु अपराध होइन, बरु पार्टीलाई समयानुकूल बनाउने लोकतान्त्रिक अधिकार र जिम्मेवारी हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)