मनसुनजन्य विपद् पूर्वतयारीको प्रगति नियमित पेस गर्न निर्देशन
nepalpress.com · Thu Aug 06 10:53:14 GMT 2026

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीसम्बन्धी ध्यानाकर्षण प्रस्तावमा उल्लेखित विषयलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएका छन् ।
सभाको आजको बैठकमा उक्त ध्यानाकर्षण प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्दै अध्यक्ष दाहालले हरेक आर्थिक वर्षको पुस मसान्त र असार मसान्तभित्र कार्यान्वयन प्रगति विवरण सभासमक्ष पेस गर्न सरकारलाई निर्देशनसमेत दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)