नेप्से परिसूचक दोहोरो अंकले घट्यो
baahrakhari.com · Thu Aug 06 10:53:02 GMT 2026

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक बिहीबार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक १३.८२ अंकले घटेर २६५४.१५ मा पुगेको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.६२ अंकले घटेर ४६४.७३ मा पुगेको छ । त्यस्तै, फ्लोट सूचक १.०३ अंकले घटेर १८२.२६ मा पुगेको छ । त्यस्तै, सेन्सेटिभ फ्लोट सूचक ०.९१ अंकले घटेर १५७.३४ मा पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)