कांग्रेसको इतर समूहले राष्ट्रिय भेलाका लागि बनायो ३२ उपसमिति, कुन समितिको संयोजक को ? (सूची)
ratopati.com · Thu Aug 06 10:59:09 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेस भित्रको इतर समूहले साउन २९ देखि ३१ गतेसम्म काठमाडौँमा आयोजना गर्न लागेको ‘राष्ट्रिय भेला’ तयारीका लागि ३२ उपसमिति बनाएर संयोजक चयन गरेको छ । भेलालाई व्यवस्थित र सफल बनाउन डा.शशांक कोइरालाको संयोजकत्वमा ५५१ सदस्यीय ‘राष्ट्रिय भेला मूल आयोजक समिति’ गठन गरेको समूहले त्यही समिति अन्तर्गत रहने गरी ३२ उपसमिति बनाएको हो ।
मूल आयोजक समिति अन्तर्गत विभिन्न जिम्मेवारी बाँडफाँड गर्दै ३२ वटा उपसमितिहरू र तिनका संयोजकहरू तोकिएको प्रचार प्रसार समितिका संयोजक मीनबहादुर विश्वकर्माले जानकारी दिए । सार्वजनिक सूची अनुसार नीतिगत प्रस्तावदेखि व्यवस्थापनसम्मका लागि प्रभावशाली नेताहरूलाई उपसमितिका संयोजक बनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)