कंगोले तामा र कोबाल्ट कन्सन्ट्रेट निर्यातमा लगायो प्रतिबन्ध
ratopati.com · Thu Aug 06 11:09:40 GMT 2026

किन्शासा । प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो)ले तामा र कोबाल्ट कन्सन्ट्रेटको निर्यातमा तत्काल प्रभाव हुने गरी प्रतिबन्ध लगाएको छ । सरकारले खानीबाट प्राप्त हुने खनिजको प्रशोधन स्वदेशमै गराउने र त्यसबाट बढी आर्थिक लाभ लिन नयाँ नीति लागू गरेको हो । कङ्गो विश्वकै सबैभन्दा ठूलो कोबाल्ट तथा दोस्रो ठूलो तामा उत्पादक देश हो ।
सरकारले जारी गरेको नयाँ आदेशअनुसार अब कंगोबाट तामा र कोबाल्ट कन्सन्ट्रेट विदेश निर्यात गर्न पाइने छैन । यो निर्णय खानी क्षेत्रबाट देशले पाउने आम्दानी बढाउने र कच्चा खनिज निर्यातको सट्टा मूल्य अभिवृद्धि भएका उत्पादनको निर्यातलाई प्रोत्साहन गर्ने रणनीतिको हिस्सा मानिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)