इन्फा अवार्ड–२०२६ को तयारी तीव्र,आयोजक टोली काठमाडौं आइपुग्यो
reportersnepal.com · Thu Aug 06 11:07:44 GMT 2026

काठमाडौं । आगामी अगस्ट १५ (साउन ३० गते) काठमाडौंमा आयोजना हुने तेस्रो संस्करणको अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड (इन्फा अवार्ड–२०२६) को तयारी अन्तिम चरणमा पुगेको छ । समारोहलाई सफल बनाउन बेलायतस्थित आयोजक टोली इन्फा ईभेन्ट्स युकेको टोली बूधवार साँझ काठमाडौं आइपुगेको छ ।
बेलायतबाट काठमाडौं आइपुगेको इन्फा अन्तर्राष्ट्रिय टोलीमा अध्यक्ष उमेशराज मोक्तान, बोर्ड निर्देशकहरू टंक भट्टराई, आशिषराज पन्त, राज पाण्डे तथा सुष्मा पौडेल रहेका छन् । उनीहरूले आगामी केही दिन नेपालमै बसेर समारोहको समग्र व्यवस्थापन, अतिथि समन्वय, प्राविधिक तयारी तथा कार्यक्रम सञ्चालनसँग सम्बन्धित विभिन्न कामलाई अन्तिम रूप दिनेछन् । काठमाडौं मै रहेका इम्फा इभेन्ट यूकेका बोर्ड निर्देशक पाल्देन लामा तथा नेपालतर्फको आयोजक टोलीको नेतृत्व गरिरहेका अध्यक्ष सुनील श्रेष्ठ सहितको समुहले बेलायतबाट आएको टोलीलाई स्वागत गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)