कन्सुलर प्रमाणीकरण अब अनलाइनबाटै, १ भदौदेखि सञ्चालनमा आउने
techpana.com · Thu Aug 06 11:33:25 GMT 2026

काठमाडौं । वैदेशिक प्रयोजनका लागि आवश्यक कागजात प्रमाणीकरण अब अनलाइनबाटै गर्न सकिने भएको छ । परराष्ट्रमन्त्री शिशिर खनालले १ भदौदेखि ‘नेपाल ई-एटेस्टेसन प्रणाली’(Nepal E-Attestation System) सञ्चालनमा आउने जानकारी दिएका छन् । मन्त्री खनालले उक्त प्रणालीको बिहीबार औपचारिक शुभारम्भ पनि गरेका छन् ।
उनका अनुसार परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागको पहलमा सुरु गरिएको यस प्रणालीमार्फत कागजात प्रमाणीकरण प्रक्रिया अनलाइनबाटै सहज र छिटो गर्न सकिनेछ । १ भदौदेखि नेपाल सरकारका विभिन्न निकायबाट जारी भएका वैदेशिक प्रयोजनाका लागि आवश्यक कागजात तथा विदेशी सरकारी निकायबाट जारी नेपाल प्रयोजनका लागि आवश्यक प्रयोजनका कागजातहरू प्रमाणीकरणका लागि पटकपटक विभाग धाइरहनु पर्दैन ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)