प्रदेश र जिल्ला निर्वाचन अधिकारीसँग अनलाइन बैठक
ratopati.com · Thu Aug 06 11:43:13 GMT 2026

काठमाडौँ । निर्वाचन आयोगले प्रदेश निर्वाचन अधिकारी तथा जिल्ला निर्वाचन अधिकारीहरूसँग अनलाइन बैठक सम्पन्न गरेको छ । बैठकमा मतदाता नामावली अद्यावधिक अभियान सञ्चालनका विषयमा छलफल भएको आयोगले जनाएको छ ।
यो अभियान सञ्चालन गर्ने गरी आयोगको साउन १५ गतेको बैठकबाट निर्णय भएको थियो । कार्यक्रम अनुसार प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयहरूले स्थानीय तहका वडा कार्यालयहरूबाट मृत्यु भएका, बसाई सराई गरेका व्यक्तिहरूको विवरण लिई मतदाता नामावली अद्यावधिक गर्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)