राष्ट्रिय सभामा ‘सङ्क्रामक पशु रोग विधेयक, २०८३’ पेस
hamrakura.com · Thu Aug 06 00:00:00 GMT 2026
काठमाडौं । राष्ट्रिय सभाको आजको बैठकमा ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ पेस भएको छ।
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सभाको बैठकमा उक्त विधेयक पेस गरेकी हुन्। नेपालको संविधानको भाग–३ अन्तर्गत मौलिक हकमा प्रदत्त खाद्यसम्बन्धी हक, उपभोक्ताको हक, स्वास्थ्यसम्बन्धी हक, स्वच्छ वातावरणको हक र सम्पत्तिको हकसम्बन्धी संवैधानिक व्यवस्थाअनुसार सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वयमा पशु तथा माछाका सङ्क्रामक रोगको रोकथाम, नियन्त्रण, निवारण तथा उन्मूलन गर्न यो विधेयक अपरिहार्य रहेको मन्त्री चौधरीले स्पष्ट पारिन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)