कन्सुलर सेवालाई आधुनिक र प्रभावकारी बनाउन ‘नेपाल ई–प्रमाणीकरण प्रणाली’ को शुभारम्भ
hamrakura.com · Thu Aug 06 00:00:00 GMT 2026
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले कन्सुलर सेवालाई थप आधुनिक र प्रभावकारी बनाउने उद्देश्यले ‘कन्सुलर प्रमाणीकरण अनलाइन आवेदन प्रणाली’ (नेपाल ई–प्रमाणीकरण प्रणाली) को शुभारम्भ गरेका छन्।
परराष्ट्र मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच उक्त प्रणालीको सुरुवात गर्दै मन्त्री खनालले डिजिटल प्रविधिको उपयोग केवल सेवा प्रवाहको माध्यम मात्र नभई सार्वजनिक प्रशासनलाई रूपान्तरण गर्ने एउटा महत्त्वपूर्ण प्रक्रिया भएको बताए। डिजिटल प्रविधिले नागरिक र सरकारबीचको अन्तरक्रियालाई सहज र विश्वसनीय बनाउँदै सार्वजनिक सेवाको गुणस्तर अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्याउने उनको भनाइ थियो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)