१० प्राविधिक प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्न
nepalnews.com · Thu Aug 06 11:55:35 GMT 2026

काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पदोन्नति भएका १० जना प्राविधिक प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्।
प्रहरी प्रधान कार्यालयमा प्राविधिक प्रहरी उपरीक्षकबाट प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक पदमा एकजना र प्राविधिक प्रहरी नायब उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा चारजना, प्राविधिक प्रहरी निरीक्षकबाट प्राविधिक प्रहरी नायब उपरीक्षक पदमा चारजना र प्राविधिक प्रहरी वरिष्ठ नायब निरीक्षकबाट प्राविधिक प्रहरी निरीक्षक पदमा एकजना गरी जम्मा १० जना अधिकृतलाई बिहीबार दर्ज्यानी चिह्न प्रदान गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)