१० जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान
ratopati.com · Thu Aug 06 12:01:56 GMT 2026

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पदोन्नति भएका १० जना प्राविधिक प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । आज नेपाल प्रहरी प्रधान कार्यालयमा प्राविधिक प्रहरी उपरीक्षकबाट प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक पदमा एक जना र प्राविधिक प्रहरी नायब उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा चार जना, प्राविधिक प्रहरी निरीक्षकबाट प्राविधिक प्रहरी नायब उपरीक्षक पदमा चार जना र प्राविधिक प्रहरी वरिष्ठ नायब निरीक्षकबाट प्राविधिक प्रहरी निरीक्षक पदमा एक जना गरी जम्मा १० जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
दर्ज्यानी चिन्हद्वारा प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक दामोदर कँडेल, प्राविधिक प्रहरी उपरीक्षकमा प्राविधिक अमरेन्द्रप्रसाद सिंह, रामबाबु राना, अभयकुमार झा र अनुप श्रेष्ठ, प्राविधिक प्रहरी नायब उपरीक्षमा निशा चौधरी, सञ्जिव दाहाल, रमेशकुमार साह र अञ्जनराज खरेल तथा प्राविधिक प्रहरी निरीक्षक मिनप्रसाद खत्री रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)